काठमाडौँ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना चालकको ज्यान गएको छ । मृत्यु हुनेमा टोखा नगरपालिका वडा नं ३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्य छन् ।
टोखा नगरपालिका वडा नं १ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२-०३९ प ९८२८ नंको मोटरसाइकल र बागमती प्रदेश ०२-०५३ प ६३७८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा आचार्यको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२-०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






