• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ चैत ४ गते सोमबार, इस्वीसंवत मार्च १७ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको तृतीया तिथि साँझमा ५ः२२ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा चित्रा दिनमा १ः०३ बजेसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव २० घटि १५ पलासम्म त्यसपछि व्याघात लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २९ घटि ५८ पला अर्थात १२ घण्टा ०२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१३ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ८ः५८ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः३३ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज समय शुभ छ । तुला राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनु परे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । आज प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुनः आज समय शुभ छैन । तुला राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ । काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

कर्कटः आज समय शुभ छैन । बिना कारण अन्य क्षेत्रमा व्यस्त हुदा व्यापारमा व्यावसायमा घाटा हुनेछ  । सवारी साधन तथा अन्य वस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला। प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना छ । व्यावसायिक यात्रा भए पनि गन्तव्य पहिल्याउन हम्मेहम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

सिंहः आज समय शुभ छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । 

कन्याः आज समय खराब छ । शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । विभिन्न अवसर आए पनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेका लागि आलोचना बढ्ने देखिन्छ ।

तुलाः आज समय अत्यन्तै शुभ छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

वृश्चिकः आज समय शुभ छैन । जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अफ्ठ्यारो महसुस हुनेछ । दाजुभाई तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ । 

धनुः आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । 

मकरः आज स्वास्थ्य सबल रहनेछ । भाग्यले  साथ दिने हुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तको सहयोगले उपलब्धिमूलक काम बन्ने भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भः आज समय शुभ छैन, स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली-वचनमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । समय शभ नभएकाले पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने देखिन्छ ।

मीनः आज समय मध्यम खालको छ । लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ ।
 
साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः१८ बजेदेखि ७ः४७ बजेसम्म अमृत बेला
बिहान ७ः४७ बजेदेखि ९ः१६ बजेसम्म काल बेला
बिहान ९ः१६ बजेदेखि १०ः४५ बजेसम्म शुभ बेला
बिहान १०ः४५ बजेदेखि १२ः१४ बजेसम्म रोग बेला
दिनमा १२ः१४ बजेदेखि १ः४२ बजेसम्म उद्धेग बेला
दिनमा १ः४२ बजेदेखि ३ः११ बजेसम्म चर बेला
दिनमा ३ः११ बजेदेखि ४ः४० बजेसम्म लाभ बेला
दिनमा ४ः४० बजेदेखि ६ः०९ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०९ बजेदेखि ७ः४० बजेसम्म काल बेला
साँझ ७ः४० बजेदेखि ९ः११ बजेसम्म शुभ बेला
राति ९ः११ बजेदेखि १०ः४२ बजेसम्म रोग बेला
राति १०ः४२ बजेदेखि १२ः१३ बजेसम्म उद्धेग बेला
राति १२ः१३ बजेदेखि १ः४४ बजेसम्म चर बेला
राति १ः४४ बजेदेखि ३ः१५ बजेसम्म लाभ बेला
रातिमा ३ः१५ बजेदेखि ४ः४६ बजेसम्म अमृत बेला
रातिमा ४ः४६ बजेदेखि ०६ः१७ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पोखराको पृथ्वीनारायण क्याम्पसमा सबैकाे ध्यान खिच्दै सुवेदी

Next Post

आज कति छ सुन-चाँदीको भाउ ?

Next Post

आज कति छ सुन-चाँदीको भाउ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन