पोखरा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।
आज पोखरामा सुनको भाउ एक लाख ७४ हजार छ सय रुपैयाँ कायमै रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार चाँदी तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार ७० रुपैयाँ कायम भएको छ ।






