• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पर्यटन प्रवर्द्धन गर्न पोखराका कपडा व्यवसायी धितालमा

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कपडा व्यवसायी एशोसिएशन कास्कीको विस्तारित बैठक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा सम्पन्न भएको छ ।

बैठकले विशेष कार्यक्रम गरी २८औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको छ ।

कार्यक्रममा पूर्वअध्यक्ष रामचन्द्र गौतमले एशोसिएशन निकै सक्रियतापूर्वक अघि बढेको भन्दै संस्थाको गरिमालाई थप उचाईमा पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वअध्यक्ष जनकराज पराजुलीले संस्थाको गतिविधिले निकै खुशी लागेको भन्दै सबै व्यवसायीलाई समेट्ने प्रयास गर्नुपर्ने बताए ।

एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवं भित्तेपात्रो प्रकाशन समिति संयोजक रामचन्द्र तिमिल्सिनाले भित्तेपात्रो प्रकाशनको तयारीबारे जानकारी गराएका थिए । उनले आगामी वर्ष टेबल पात्रो प्रकाशन गर्ने जानकारी दिए । उनले सबैको सहयोगमा समयमै पात्रो प्रकाशन गरिने बताए ।

कार्यक्रम संयोजक एवं कोषाध्यक्ष रोशन आचार्यले संस्थाको कोषवृद्धि गर्न आवश्यक रहेको बताए । संस्थाले दुःखमा परेकाहरुलाई सहयोग गर्दै आइरहेकाले यसका लागि पनि सहायता कोषमा रकमा बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

एशोसिएशनका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तिमिल्सिनाले स्वागत र महासचिव पूर्ण थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागीले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

एशोसिएशनले अन्तरिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण वर्ष २०२५ को सन्दर्भमा धितालको माछापुच्छ्रे होमस्टेमा बैठक राखेको अध्यक्ष पौडेलले बताए ।

२०५३ सालमा स्थापित संस्थामा करिब चार सय कपडा व्यवसायी आवद्ध छन् ।

Previous Post

आज कति छ सुन-चाँदीको भाउ ?

Next Post

पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण

Next Post

पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन