• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी प्रदेशका मुख्यमन्त्री र युएनडीपीका निर्देशकबीच भेटवार्ता

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट बीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्रीले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडीपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए ।

मुख्यमन्त्रीले युएनडीपीले दिगो विकास, फोहोर मैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशभित्र गर्दै आएको सहयोगको प्रशंसा गरे ।

मुख्यमन्त्रीले भने, ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायु परिर्वतनलगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडीपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’ 

सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने मुख्यमन्त्रीको विश्वास छ ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठूलो उपलब्धी हासिल गर्न सक्ने मुख्यमन्त्रीले बताए ।

युएनडीपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) सञ्चालनमा छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता विकास, सशक्तीकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्रीले बताए । 

‘संघीयता कार्यान्वयनपछि प्रदेश संरचना हाम्रो लागि नयाँ हो, कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैङ्गिक सामाजिक समावेशिकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ’, मुख्यमन्त्रीले भने ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र बिस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’

नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको टुरिजम, खेल टुरिजम, धार्मिक टुरिजमको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनले बताए ।

युएनडीपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताए । उनले भने ‘गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ।’ 

पिएलजिएसपी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारिताका बारेमा पनि उनले चासो राखेका थिए ।

भेटमा युएनडीपीको सहकार्यमा संचालन भईरहेको पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो ।

गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए । 

भेटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए । 

Previous Post

पोखरा-१७ स्थित बाराही टोलमा एमालेको कमिटी गठन, अध्यक्षमा वीरेन्द्र

Next Post

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा कुँवर

Next Post

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा कुँवर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन