• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पूर्वविशिष्टलाई आजीवन सुविधा रोक

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in सम्पादकीय समाचार पृष्ठ
0
पूर्वविशिष्टलाई आजीवन सुविधा रोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले पूर्वविशिष्ट तथा अतिविशिष्टलाई आजीवन सुविधा दिने गरेर ल्याउन लागिएको ऐनका विषयमा निकै तीव्र आलोचना भइरहेको छ । विशेषगरि सामाजिक सञ्जालमा यो विषयको आलोचना भएको हो । यो विषय संसदमा पनि उठेको छ । सरकारका केही मन्त्रीले भने यस्ता खबरका विश्वास नगनए भन्दै आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्म, पूर्वप्रधानन्यायाधीशदेखि पूर्वसभामुखसम्मलाई आजीवन सुविधा प्रदान गर्ने गरेर कानून निर्माणको तयारी गर्दै गरेको कुरा बाहिरिएको थियोे । यो विषय यसअघि पनि आएका थिए । यद्यपि सर्वोच्च अदालतको आदेशले खारेज भएको र त्यस्तो प्रक्रिया अवलम्बन गर्न कानुनी बाटो रोज्नुपर्ने भन्ने निर्देशन र चर्को दवाव थेग्न नसकेपछि सरकारले स्थगत गरेको थियो । तर अहिले फेरि यही विषमा बहस चलिरहेको छ । गृह मन्त्रालयमा हाल उक्त ऐनको मस्यौदाको काम भइरहेको बताइन्छ । यसलाई लिएर सत्तारुढमात्रै नभएर प्रतिपक्षमा रहेका सांसद्को समेत असन्तुष्टि प्रकट भइरहेको छ । यसपगि डा. बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा कानुन बनाउने गरेरै अघि बढाइएको थियो । तर जनप्रतिरोधकै कारण उक्त प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले सोही अभ्यासलाई अघि बढाइँदै छ, जुन कार्यान्वयन भए पनि त्यसको परिणाम घातक हुने अवस्था छ ।

यसरी सुविधामाथि सुविधा थप्दै लगेर केहीलाई देवत्वकरण गर्न खोज्नुले एकातिर सरकारलाई अलोकप्रिय बनाउने र अर्कोतिर आमसर्वसाधारणले समेत आफूलाई राज्यले दास र रैतीजस्तो महसुस गराउने हुनाले आक्रोश र विरोध देखिनु अस्वाभाविक पनि छैन । देशको आर्थिक अवस्था कमजोर छ र आम्दानीभन्दा खर्चका स्रोतहरुमा तीव्र वृद्धि भैरहेको छ । वैदेशिक र आन्तरिक ऋण तथा अनुदानको भरमा देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने बाध्यता छ । त्यसमाथि हाल विश्वभर नै देखिएको आर्थिक मन्दीले पनि पूर्वविशिष्ट तथा अतिविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा उपलब्ध गराउने निर्णय स्वयं सरकारका निम्ति घातक हुन सक्छ ।

अहिले देशको राजनीतिक अवस्था निकै जटिल मोडबाट गुज्रिरहेको छ । एकातिर गणतान्त्रिक शक्तिलाई भ्रष्टाचारी र बेइमानको बिल्ला भिराएर असक्षम साबित गराउने कोसिस भइरहँदा अर्कोतिर विद्यमान व्यवस्था असफल भइसकेको भन्दै राजसंस्थाको पुनर्बहाली गराउने प्रयासहरु समेत जोडतोडका साथ चलिरहेका छन् । देशका लागि आगामी दिन कस्ता रहने छन् भनेर अहिले आकलनसम्म गर्न नसकिने भएको छ । यस्तो विषम परिस्थितिमा पूर्वविशिष्ट तथा अतिविशिष्टका नाममा आजीवन सेवासुविधा दिँदा त्यसले हाल बलिरहेको आगोमा घिउ थप्नेमा शंकै छै्रन । त्यसका कारण गणतान्त्रिक सरकार र नेताहरु त बदनाम र अलोकप्रिय हुनेछन् नै अझ त्यस्तो बेलामा प्रतिगामी सोच राख्नेले धमिलो पानीमा माछा मार्ने अभ्यासलाई समेत प्राप्त अवसरका रुपमा उपयोग गर्नेछन् ।


अन्तमा यस्तो संवेदनशील समयमा विवादित रहेको अपारदर्शी निर्णय लाद्ने कोसिसबाट सरकार बच्नु नै उपयुक्त बाटो हो । अहिलेको समय सरकार र नागरिकबीच रहेको दूरीलाई घटाउन आवश्यक छ । नागरिकहरु सरकारले प्रदान गर्ने अभिभावकत्वबाट वञ्चित भइरहेको अवस्थामा उल्टै केही व्यक्तिमात्रै पोस्ने गरी विधेयक ल्याउन लागिएको भनिएको छ । यो किमार्थ सैह्य हुँदैछ । यसलाई सरकारले बेलैमा महसुस गर्न आवश्यक छ ।

Previous Post

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुने

Next Post

फेवा नव वर्ष महोत्सवकाे तयारी तीब्र, तीन लाख पर्यटक भित्र्याउने लक्ष्य

Next Post
फेवा नव वर्ष महोत्सवकाे तयारी तीब्र, तीन लाख पर्यटक भित्र्याउने लक्ष्य

फेवा नव वर्ष महोत्सवकाे तयारी तीब्र, तीन लाख पर्यटक भित्र्याउने लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन