पाेखरा । नेपालमा आज बिहानै भूकम्प गएको छ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर जनाएकाे छ ।
केन्द्रका अनुसार आज बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पकोे धक्का आसपासका जिल्लामा पनि महसूस गरिएको बताइन्छ ।
यसअघि फागुन २७ गते कास्की केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।






