पोखरा । आज दिउँसो गण्डकी प्रदेशमा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ ।
साथै गण्डकीकै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान ८ बजे पोखराको तापक्रम १६ डिग्री सेल्सियस छ भने आज दिउँसो बढेर २७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । आज पोखराकाे मौसम बिहानैदेखि खुलेको छ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको बताइन्छ ।
साथै आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
विभागका अनुसा। कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
विभागले आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।






