पोखरा । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको भाउ तोलामा एक हजार एक सय र चाँदी १० रुपैयाँ बढेको छ ।
मूय बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ७५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, सोमबार प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार ८० रुपैयाँ कायम भएको छ ।






