पोखरा । होन्डुरसको समुद्रमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ ।
क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा विमान दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटना स्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाका छन् ।
उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो । विमानमा सवार व्यक्तिको सङ्ख्या १८ रहेको समाचारमा उल्लेख छ ।
लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो ।
रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो ।






