• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको चौथो हार

नीतिप्रेस by नीतिप्रेस
March 18, 2025
in खेलकुद समाचार, समाचार
0
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले चौथो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । गण्डकी यसअघिका तीन खलमा पनि पराजित भएको थियो ।

बागमतीका लागि इशान पाण्डेले अर्धशतक बनाउँदै बलिङमा चार विकेट पनि लिएपछि बागमती प्रदेशले विजयी भएको हो ।

बागमतीले दिएको दुइ सय ८९ रनको बलियो लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा दुइ सय १९ रनमा अलआउट भयो ।

वंश क्षेत्रीले अर्धशतक बनाए पनि पर्याप्त हुन सकेन । उनले सर्वाधिक ५५ रन बनाए । समीर कँडेलले २६ तथा अमृत गुरुङले २० रन बनाए ।

बागमतीका लागि इशानले ६ ओभरमा २७ रन दिएर चार विकेट लिए । साकार गजुरेलले दुइ विकेट लिए भने रिजन ढकाल, गौतम केसी र सुर्य तामाङले एक-एक विकेट लिए ।

सिद्धार्थ क्रिकेट रंगशालामा त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले इशान, शुभ कंसाकार र बिपिन आचार्यको अर्धशतकमा ५० ओभरमा आठ विकेट गुमाएर दुइ सय ८८ रन बनाएको थियो ।

इशान पाण्डेले सर्वाधिक ६९ रन बनाएका थिए भने बिपिन ६३ रनमा अविजित रहे । शुभ कंसाकारले ५२ रन बनाए । दुइ सय ११ रन बनाउँदा आठ विकेट गुमाएको बागमतीका लागि बिपिनले रिजन ढकालसँग मिलेर अविजित ७८ रनको साझेदारी गर्दै बलियो योगफलमा पु¥याएका हुन् ।

बिबेक मगरले ३४ रन बनाउँदा रिजन ढकाल २३ रनमा अविजित रहे । गण्डकीका लागि अर्जुन कुमालले सात ओभरमा ४० रन दिएर चार विकेट लिए । कप्तान बिपिन खत्री र सुबास भण्डारीले दुइ-दुइ विकेट लिए ।

बागमतीले पाँच खेल खेल्दा दुई जितसहित चार अंक जोडेर अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । गण्डकीले हालसम्म पाँच खेल खेल्दा एक जित मात्र निकालेको छ र दुई अंकसहित आठौं स्थानमा छ ।

Previous Post

विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔँः अर्थमन्त्री पौडेल

Next Post

मेयर आचार्यसहित एक सय २६ जना पोखरेली छेन्दुमा

Next Post
मेयर आचार्यसहित एक सय २६ जना पोखरेली छेन्दुमा

मेयर आचार्यसहित एक सय २६ जना पोखरेली छेन्दुमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन