• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० मा

नीतिप्रेस by नीतिप्रेस
March 19, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मतपत्रमा भएको सामान्य त्रुटिले विवाद भएपछि स्थगित भएको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ ।

निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले विज्ञप्ति जारी गरी १० गते बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म क्याम्पस परिसरभित्र मतदान हुने जनाए ।

निर्वाचनको तयारीका लागि सर्वपक्षीय बैठकले यस मिति तय गरेको र निर्वाचनका लागि २०८१ सालको चैत ७ गते राति १२ बजेदेखि मौन अवधि लागू हुने उनले बताए ।

यसका साथै, स्ववियु निर्वाचनको मतदानका लागि विभिन्न कार्यक्षेत्रका प्राध्यापक र कर्मचारी पहिलाकै जिम्मेवारीमा यथास्थानमा रहनेछन् ।

क्याम्पस प्रशासन र निर्वाचन समिति सबैलाई आगामी निर्वाचनलाई सफल बनाउन सहयोगको आग्रह गर्दै यस निर्णयको कार्यान्वयन गर्न निर्वाचन अधिकृत पोखरेलले अनुरोध गरे ।

यसअघि, मंगलबार बिहान ८ बजे मतदान सुरु भएपछि मतपत्रमा एक जना उम्मेद्वारको रेजा लगाउने ठाउँ नभएपछि शुरु भएको विवाद बढ्दै गएपछि मतदान कार्यक्रम स्थगित गरिएको थियो ।

अखिल (छैटौं)बाट स्ववियु अध्यक्षका उम्मेद्वार मीलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स मतपत्रमा छुटेको थियो ।
पृथ्वीनारायण क्याम्पसको २२औं स्ववियु अध्यक्ष बन्न आठ जना चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मीलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत प्राडा पोखरेलले जानकारी दिए । क्याम्पसमा नौ हजार दुई सय ७० मतदाता छन् ।

Previous Post

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा धामीले मारे बाजी

Next Post

पैतिस जना स्थायी शिक्षकको राजीनामा फिर्ता

Next Post

पैतिस जना स्थायी शिक्षकको राजीनामा फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन