• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पैतिस जना स्थायी शिक्षकको राजीनामा फिर्ता

नीतिप्रेस by नीतिप्रेस
March 19, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीमा सामूहिक राजीनामा दिएका ३५ जना स्थायी शिक्षकले राजीनामा फिर्ता लिएका छन् ।

गत पुस २९ गते नेपाल सरकारले जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को दफा १२ को भूतप्रभावी व्यवस्थाको विरोध गर्दै सामूहिक राजीनामा दिएका शिक्षकले राजीनामा बुधबार फिर्ता लिएका हुन् ।

अध्यादेशको विरोध गर्दै आन्दोलनमा उत्रिएका ३५ जना स्थायी शिक्षकले माघ ४ गते सामूहिक राजीनामा दिएका थिए ।

आन्दोलनका नेतृत्वकर्ता कीर्तिराज ढकालले राजीनामा फिर्ता भएकाे जानकारी दिए ।

उनले आफूहरुको आन्दोलन लोकतान्त्रिक, मर्यादित एवं औचित्यपूर्ण भएको हुँदा सरकारले बाध्य भएर अध्यादेशको प्रतिस्थापन विधेयकमा माग बमोजिम नै २०८२ वैशाख १ गतेबाट मात्र सो दफा लागू हुने स्पष्टिकरण दिई संशोधन गर्न तयार भएको बताए । उनले शिक्षकका माग पूरा गर्न निरन्तर छलफल र संवादमा जुटेकोमा शिक्षामन्त्रीलाई धन्यवाद ज्ञापन गरे ।

‘चैत्र ४ गते प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्रीद्वारा सभामुखज्यूलाई सम्बोधन गर्दै प्रतिस्थापन विधेयकमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ खण्ड (क १) “शिक्षक सेवा”को पछाडि “स्पष्टिकरणः यस खण्ड बमोजिमको व्यवस्था २०८२ साल वैशाख १ गते देखि प्रारम्भ हुनेछ” भन्ने संशोधन स्वीकार गर्ने भनी लिखित पत्र पेस गरेका थिए ।

अर्का शिक्षक भुवन सुवेदीले सरकारले आफ्नो त्रुटि सुधार गरेकाले आफूहरुले पनि राजीनामा फिर्तासहित हालका लागि आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेकाे र अब नेपाल शिक्षक महासंघको झण्डामा सार्वजनिक शिक्षा सुधारका लागि एकीकृत भएर अघि बढ्ने उल्लेख गरे ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले माघ ४ गते आन्दोलनको कार्यक्रममा सामूहिक राजीनामा लिँदै गर्दा आफूले शिक्षकका जायज माग पूरा हुनुपर्ने बताएको र अहिले त्यो काम भएकोमा आफू खुसी भएको बताए ।

उनले भने, “शिक्षकहरु खुसी मन लिएर कक्षामा प्रवेश गरेमात्रै शिक्षामा सुधार हुन सक्छ, काम गर्दा मानवीय त्रुटि जसका पनि हुन सक्छन्, त्रुटि महसुस गरेर सुधार गर्नु महत्वपूर्ण कुरा हो, कानून बनेपछि मात्रै लागु हुने सर्वमान्य कुरा सरकारले स्पष्ट पार्दै थप स्पष्टिकरणसमेत राखेर अध्यादेश संशोधन गर्ने निश्चित गरेको छ, जुन स्वागतयोग्य छ ।”

Previous Post

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० मा

Next Post

आज श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post
bindhyabasini-temple-pokhara

आज श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन