पोखरा । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको घटेको छ ।
आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७६ हजार रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बुधबार तोलाको एक लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा पनि सुनको भाउ तोलाको एक लाख ७६ हजार पाँच सय रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता बुधबार प्रतितोला दुई हजार ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ घटेर दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पोखरामा भने चाँदीको भाउ तोलाको दुई हजार ६० रुपैयाँ कायम भएको छ ।






