• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

नीतिप्रेस by नीतिप्रेस
March 20, 2025
in मनाेरञ्जन, समाचार
0
पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । निट फेस्टसँगको सहकार्यमा पोखरा थियटरले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ गर्न लागेको हो । महोत्सवमा पाँच देशका छ नाटक मञ्चन गरिने महोत्सवका निर्देशक परिवर्तनले जानकारी दिए ।

चैत ९ गते शनिबारबाट शुरु हुने महोत्सव चैत १२ सम्म चल्नेछ । महोत्सवमा चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइने छन् । पोखरालाई सांस्कृतिक र पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको परिवर्तनले बताए ।

पोखरा थियटरले तयार गरेका नाटक ‘मुनामदन’ मञ्चन गरेर महोत्सव शुभारम्भ हुनेछ । मुनामदनलाई मौलिक रुपमा केही परिवर्तन गरी गन्धर्वले सुनाएको गाथाका रुपमा यसमा चित्रण गरिएको छ । महोत्सवले नेपाली नाटक क्षेत्रलाई अघि बढाउन योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

उनका अनुसार चीनको मिनी ओपेरा, जापानको डान्स ड्रामा जस्ता फरक फरक खालका नाटक मञ्चन हुनेछन् । नाटकबारे विश्वमा कास्तो अभ्यास भएको छ, हामी के गरिरहेका छौँ भन्ने यसले ज्ञान दिने उनको दावी छ ।

महोत्सवमा फोरम थियटर र कार्यशालासमेत हुनेछन् । संस्कृतिकर्मी, पर्यटन व्यवसाी, सञ्चारकर्मी, नाट्यप्रेमीबिच विशेष सेसनहरु समेत हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन दिउँसो ‘मुनामदन’ मञ्चन हुनेछ भने साँझ इन्द्रेणी थियटरको प्रस्तुतिमा ‘इम्ब्रोनिक’ नाटक देखाइनेछ ।

चैत १० गते ‘द स्टेज इज कलिङ यु’ शीर्षकमा कलाकार दिया मास्के र प्रकाश घिमिरेसँग संवाद हुनेछ । सोही दिन साँँझ ट्युनिसियाको नाटक मञ्चन पोखरेली थियटरमा मञ्चन हुनेछ ।

महोत्सवको तेस्रो दिन ११ गते चीनको मिनी ओपेर दर्शकले हेर्न पाउनेछन् । दिउँसो चार घन्टा लामो ‘द चार्मिङ जिन्जु ओपेरा’ चल्नेछ ।

सोही दिन साँझ पोखरा सांस्कृतिक पर्यटनको केन्द्र कसरी हो भन्ने विषयमा पोखराका नगर प्रमुख धनराज आचार्य र संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग संवाद तय छ ।

महोत्सवको अन्तिम दिन चैत १२ गते जापानको नाटक ‘मास्टर सोको एन्ड मार्गरिटा’ पोखरा थियटरमा देखाइनेछ । साँझ नेपाली र नर्वेली कलाकारले अभिनय गरेको नाटक ‘द रोज’ मञ्च हुनेछ ।

महोत्सवभर पद्याप्रेम थियटरले मौलिक धुनमा साथ दिनेछ भने किताब, हेन्डीक्राफ्ट, फोटोग्राफीका प्रदर्शनी पनि महोत्सव परिसरमा हुनेछ । महोत्सव गर्न ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

Previous Post

घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका कर्मचारी पक्राउ

Next Post

म्याग्दीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Next Post
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, घाइतेकाे हेलिकप्टरमार्फत उद्वार हुँदै

म्याग्दीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन