• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-५ मा जातीय विभेद उन्मूलनसम्बन्धी सचेतना तथा अन्तरक्रिया

नीतिप्रेस by नीतिप्रेस
March 22, 2025
in कास्की, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसमा कानूनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले जातीय विभेद उन्मूलनका लागि समाजमा भएका सबै नागरिकको दायित्व तथा भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

उनले जातीय विभेद उन्मूलनका लागि उत्पीडित समुदाय मात्र होइन सबै टोल विकास संस्था, आमा समूह र सामाजिक व्यक्तित्वका बीचमा लगियो भनेमात्र कार्यक्रमले सार्थकता पाउने दावी गरे ।

कानूनमा धेरै कुराको व्यवस्था गरिरहँदा त्यो अनुसारको समाज निर्माण हुन नसकेको भन्दै अहिले पनि जातीय विभेदका घटना घटिरहेकोले एउटा मानिसले अर्को मानिसलाई विभेद गर्ने कुरा स्वीकार गर्न नसकिने प्रष्ट पारे।

जातीय विभेद उन्मूलन गर्नको लागि सबैले हातेमालो गर्न जरुरी भएको उनको भनाइ थियो । वर्तमान संविधानले धेरै अधिकार सुनिश्चित गरेको वडाध्यक्ष बरालले बताए ।

विभिन्न ठाउँमा प्रतिनिधित्वको सुनिश्चितता संविधानले गरेको भए पनि त्यो पर्याप्त भने नभएको उनले स्पष्ट पारे ।

आवश्यकताका आधारमा संविधानमा संशोधन गरेर थप अधिकार प्राप्त गर्न सकिने वडाध्यक्ष बरालले उल्लेख गरे ।

अहिले पुरानो व्यवस्था फर्काउनको लागि गणतन्त्र विरोधीले केही चलखेल भइरहेको भए पनि त्यो सम्भव नभएको भन्दै उनले त्यस्ता कुरामा नअल्मलिन आग्रह गरे ।

कार्यक्रममा वडा सदस्यद्वय हरिमाया बिक र कल्पना भुवाजी क्षेत्री, सामाजिक अभियन्ता हरि सुनार, वडासचिव लक्ष्मण शर्मालगायतले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका बारेमा बोलेका थिए ।

कानुनी सचेतना कार्यक्रमको सहजीकरण अधिवक्ता शिव सुनारले गरेका थिए ।

कार्यक्रममा पोखरा ५ का टोल विकास संस्था, आमा समूहका प्रतिनिधिसहित विभिन्न सामाजिक व्यक्तित्व सहभागी थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । राष्ट्रसङ्घले पारित गरेको जाति तथा रंगभेदविरुद्धको महासन्धी नेपालले सन् १९७१ मा अनुमोदन गरेको थियो ।

Previous Post

आज शनिदेवको प्रिय दिन, कस्तो होला तपाईंको राशिफल ?

Next Post

प्रेस चौतारीलाई प्रेस ज्याकेट

Next Post

प्रेस चौतारीलाई प्रेस ज्याकेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन