पोखरा । पोखराका युवा ज्योतिषी एवं वास्तुविज्ञ अमृत पौडेल सम्मानित भएका हुन् । गोरखामा आयोजित राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलन २०८१ मा ‘ज्योतिष रत्न तथा गोरखनाथ अवार्ड’ बाट उनी सम्मानित भएका हुन् ।
सम्मेलन दक्षिण एशियाली ज्योतिष महासंघ नेपाल समितिले आयोजना गरेको हो ।
गण्डकी प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उनलाई सम्मान गरेका हुन् ।
ज्योतिषी पौडेल पोखरा-२ विन्ध्यवासिनीस्थित आत्रेय ज्योतिष वास्तु परामर्श केन्द्रका सञ्चालक हुन् ।
उनी हाम्रो पात्रोका सक्रिय ज्योतिषीसमेत हुन् । दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रीयसमेत सदस्य रहेका पौडेलले पोखरामा विभिन्न संघसंस्थामा सक्रिय छन् ।
उनी १२ बर्षदेखि ज्योतिष एवं वास्तु सेवामा सक्रिय छन् । पौडेलले फेवा टेलिभिजन, माछापुच्छ्रे एफएमलगायतका सञ्चार माध्यममार्फत ज्योतिषसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।






