पोखरा । खोटाङमा आज बिहान चट्याङ लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा केपिलासगढी गाउँपालिका वडा नं ७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई छन् ।
आज बिहान करिब ४ बजे घरमै चट्याङ लाग्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
यता दैलेखमा पनि चट्याङ लागेर एक युवकको ज्यान गएको भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नं ६ का १८ वर्ष गगन खड्का छन् ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भैसी गोठमा पानी परेपछि भैसी सार्ने क्रममा परेको उनको टाउकोमै चट्याङ लागेको थियो । उनी त्यही बेहोस भएका थिए । खड्काको शव अहिले दुल्लु अस्पतालमा राखिएको छ ।






