पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
महासंघको यही चैत ८ र ९ गते काठमाडौँमा सम्पन्न तेस्रो महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनी पोखरास्थित बास्तोला कम्प्लेक्सका सञ्चालन हुन् । उनी विभिन्न सामाजिक संघसंथामा आवद्ध छन् ।
बास्तोलालाई पोखरा चेम्बर अफ कमर्स कास्कीका सचिव गोकर्ण अधिकारीलगायतले बधाई ज्ञापन गरेका छन् ।






