पोखरा । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा एकडारा गाउँपालिका वडा नं ४ का १० वर्षीय आलोककुमार यादव छन् ।
साथीसँग खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोकको खेल मैदान नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






