पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ७३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता असली चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । सोमबार तोलाको एक हजार नौ सय ८० रुपैयाँ रहेको चाँदी आज पनि सोही पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
पोखरा बजारमा आज पनि चाँदीको भाउ तोलाको दुई हजार १० रुपैयाँ कायम भएको छ ।






