तनहुँ । तनहुँमा पछिल्लो नौ महिनामा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्ममा ४४ वटा सवारी दुर्घटना भएको र सो दुर्घटनामा परी ४८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । सो दुर्घटनामा ८१ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा २४ पुरुष, २० महिला र चार बालबालिका छन् । चालु आवको भदौमा २९, असोजमा चार, कात्तिकमा दुई, मंसिरमा एक, पुसमा दुई, माघमा आठ, फागुनमा एक र चैत १० गतेभित्र थप एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिए ।
सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ हजार छ सय ४१ सवारीबाट दुई करोड तीन लाख ४० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ प्रहरी निरीक्षक चन्दले बताए ।






