पोखरा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
आज गण्डकी, कोशी र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति गण्डकी, कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
पोखरामा आज बिहानैदेखि मौसम सफा छ । आज बिहान ६ बजे पोखराको तापक्रम १७ डिग्री सेल्सियस छ । आज पोखराको अधिकतम् तापक्रम २९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
आजको दिन घमाइलो रहने र सापेक्षित आद्रता ६७ प्रतिशत रहने महाशाखाको अनुमान छ । आज पोखरामा वर्षा हुने सम्भावना नरहेको बताइन्छ ।






