पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई सय र चाँदी १० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
सुनको भाउ मंगलबार एक लाख ७३ हजार तीन सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ७४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ बढेसँगै तोलाको एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको भाउ तोलाको एक हजार नौ सय ८० रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा चाँदी भाउ तोलाको दुई हजार २० रुपैयाँ कायम भएको छ ।






