• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीति एकेडेमीको डिजिटल मार्केटिङ तथा एआई टुल्ससम्बन्धी तालिम सकियो

नीतिप्रेस by नीतिप्रेस
March 27, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम सकिएको छ ।

एक महिनासम्म सञ्चालन भएको तालिममा २६ जना विद्यार्थी सहभागी थिए । उनीहरुलाई नीति एकेडेमीका डम्मर खडायत र माधव पोखरेलले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रम उद्घाटन गर्दै पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले अहिलेको जमाना डिजिटल मार्केटको रहेको र युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताए ।

विद्यार्थीले डिजिटल मार्केटिङ र एआईसम्बन्धी ज्ञान हासिल गर्नुका साथै तालिमपश्चात् आयआर्जनमा जोडिनेसमेत विश्वास व्यक्त गरे ।

वडाध्यक्ष भट्टराईले भने, ‘युवालाई स्वरोजगारयुक्त बनाउन तालिम आयोजना गरिएको हो, तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुहोला, राष्ट्रका लागि समय अनुसारको दक्ष जनशक्ति बन्नुहोला ।

दिनमा यो भन्दा पनि बृहत तालिम ल्याउन आवश्यक हुन्छ भने पनि त्यसका लागि आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।

पोखरा-६ की वडासदस्य शोभा जलारीले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको र यसबाट विद्यार्थी निकै लाभान्वित भएको विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘विगतमा अन्य किसिमका धेरै तालिम आयोजना गरेका थियौँ, अहिले प्रविधिसँग सम्बन्धित तालिम सम्पन्न गरेका छौँ, भविष्यमा पनि अझ बढी प्रभावकारी र उपलव्धिमूलक कार्यक्रम गर्न तयार छौँ ।’

वडासदस्य वासुदेव बरालले विद्यार्थीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गरेमा भविष्य उज्ज्वल हुने दावी गरे ।

एकेडेमीका अध्यक्ष माधव पोखरेलले एआईले निकै फड्को मारिसकेको अवस्थामा यसैसँग सम्बन्धित शिक्षा अपरिहार्य भएको महसुस गरी तालिम आयोजना गरिएको स्पष्ट पारे ।

तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको अब उनीहरु व्यवसायिक बन्ने अध्यक्ष पोखरेलको विश्वास छ । उनले आगामी दिनमा पनि यस्तै व्यवहारिक तालिम सञ्चालन गरिने उनले प्रतिवद्धता जनाए ।

थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजलीले नीति एकेडेमीले समय सुहाउँदिलो तालिम आयोजना गरेकोमा खुशी लागेको बताए ।

एकेडेमीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी सञ्जु विकले गरेकी थिइन् ।

साथै विद्यार्थी स्वेता कार्की, सुजैना जलारी, विष्णु विक, संयम परियार र सुमन परियारले तालिमको अनुभूति सुनाएका थिए । उनीहरुले आफूहरुका लागि यो भन्दा पनि वृहत तालिमको आवश्यकता भएको र यसका लागि पनि ध्यान दिन वडा कार्यालयलाई आग्रह गरेका थिए ।

कार्यक्रममा तालिम अवधिभरमा उत्कृष्ट भएका विद्यार्थीद्वय प्रसिद्ध परियार र संयम परियारलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा आस्था सुनार, मल्लिका नेपाली, प्रसिद्ध परियार र संयम परियारले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

Previous Post

न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

Next Post

शनिदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post
bindhyabasini-temple-pokhara

शनिदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन