• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

नीतिप्रेस by नीतिप्रेस
March 27, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल-२०८१’ आयोजना गरेको छ ।

कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रम यही चैत २१ गते बिहीबार र २२ गते शुक्रबार हुने र सो अवसरमा विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिने विद्यालयका प्राचार्य डा. रामजी शर्माले जानकारी दिए । कार्यक्रम बिहान १० बजे शुरु भएर साँझसम्म चल्नेछ ।

फेस्टिभलमा पोखराका नाम चलेका चार तारे होटलमा तालिम प्राप्त विद्यार्थीले खानाका परिकार तयार गरेर प्रस्तुत गर्नेछन् । प्राचार्य शर्माले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।

विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीका अनुसार कार्यक्रम स्थलमा ११ वटा खानाका स्टल रहनेछन् । प्रत्येक खानाका परिकारका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

टिकट काटेपछि सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाइनेछ । खानाका परिकार अग्र्यानिक हुनेछन् । स्वादभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखिने सहायक प्राचार्य भण्डारीले बताए ।

उनका अनुसार विद्यालयका सबै अभिभावकलाई निमन्त्रणा पत्र पठाएर कार्यक्रममा सहभागी गराएर विद्यालयका गतिविधिबारे जानकारी गराइनेछ ।

कार्यक्रममा लाइभ कुकिङ, फ्रुट कार्भिङ, फेयर बार टेन्डिङ, कल्चर शो, लाइभ म्युजिक र मनोरञ्जनात्मक खेल हुनेछन् ।

विद्यालयका निर्देशक राजु कायस्थले फुड कार्निभलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका स्पष्ट पारे ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच सय १८ विद्यार्थी छन् ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।

Previous Post

रेन्बो एकेडेमिक होम्सद्वारा ९२ जना विद्यार्थी दीक्षित

Next Post

नीति एकेडेमीको डिजिटल मार्केटिङ तथा एआई टुल्ससम्बन्धी तालिम सकियो

Next Post

नीति एकेडेमीको डिजिटल मार्केटिङ तथा एआई टुल्ससम्बन्धी तालिम सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन