पोखरा । पोखरास्थित कार्कीनेटा सम्पर्क समाजको अध्यक्षमा हरिप्रसाद शर्मा निर्वाचित भएका छन् ।
समाजको पाँचौ अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद शर्मा, उपाध्यक्षमा धनप्रसाद पाध्या, सचिवमा शेषकान्त शर्मा (दिपु), कोषाध्यक्षमा कमला श्रेष्ठ, सहसचिवमा शालिकराम पौडेल र करिष्मा बराल, सहकोषाध्यक्षमा नारायण प्रसाद पौडेल छन् ।
यसैगरी समाजको कार्यसमिति सदस्यमा तुलसी शर्मा, प्रकाश शर्मा, राजुप्रसाद शर्मा, देवी पौडेल, मञ्जु केसी पौडेल, हरिप्रसाद पौडेल र विजय पौडेल छन् ।






