पोखरा । हेमजा युनाइटेडको अध्यक्षमा कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको सातौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा इन्द्रबहादुर कुँवर, सचिवमा महादेव अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी र सहसचिवमा वसन्तराज अधिकारी निर्वाचित भए ।
यस्तै, कार्यसमिति सदस्यमा गौतम सापकोटा, राजु सापकोटा, ईश्वर सापकोटा, सौरभजंग कार्की, बाबुराम दाहाल, विवेक नेपाली, सीता नेपाली, मधुसुदन बास्तोला, सुधीर थापा र मनोज त्रिपाठी छन् ।
नयाँ कार्यसमितिलाई हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनील गायकलगायतले बधाई ज्ञापन गरेका छन् ।






