पोखरा । काठमाडौँ महागरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्किएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको टोलीलाई भित्र प्रवेश गर्न नदिइएपछि गेटबाटै फर्किएको हो । भित्रको आदेश भन्दै टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।
शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा सात लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।
महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको जनाएको छ ।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । सो घटनामा दुई जनाको ज्यान गएको थियो ।






