पोखरा । अमेरिकामा शनिबार आयोवाबाट मिनेसोटातर्फ गइरहेको विमान मिनियापोलिसको ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । \
एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ ।
विमानले एक पटकमा छ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बीबीसीले जनाएको छ ।
विमान एक खाली घरमाथि खसेको र आगलागीबाट घर पूरै नष्ट भएको बताइएको छ ।
विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बताइएको छ ।
विमान अनोका काउन्टी-ब्लेन विमानस्थलमा अवतरण हुन जाँदै थियो । यो मिनियापोलिसको अर्को उपनगरमा अवस्थित छ ।
घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले जनाएको छ ।






