पोखरा । स्याङ्जामा हतियारसहित दुई जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका वडा नं ११ बाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १० धिमाटीका ४४ वर्षीय खर्कबहादुर गुरुङ र फापरथुमका ४३ वर्षीय सोमबहादुर गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिप्रसाद पौडेलका अनुसार पुतलीबजार नगरपालिका वडा नं ११ जाँडखोला उनीयाचौरस्थित माझीडाँडा जंगलमा अवैध हतियारसहित मानिस हिंडडुल गरेको सूचनाका आधामा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट एक नाले भरुवा बन्दुक र मृत अवस्थामा रहेको पोथी जातको रतुवा बरामद भएको डीएसपी पौडेलले जानकारी दिए ।
रतृवालाई परीक्षणका लागि डिभिजन वन कार्यालय स्याङ्जामा पठाइएको पौडेलले जानकारी दिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





