पोखरा । पोखरा थन्डर्स एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पराजित भएको छ । पोखरा चितवन एफसीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक-एक गोल गरे । चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले तीन अङ्क जोडेको छ ।
जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । मंगलबार बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।






