• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
April 1, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८१ चैत १९ गते मंगलबार, इस्वीसंवत अप्रिल १ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको तृतीया तिथि बिहानमा ९ः५५ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा भरणी दिनमा ३ः२५ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा विष्कुम्भ १९ घटि ५७ पलासम्म त्यसपछि प्रीति लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मुशल रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ० पला अर्थात १२ घण्टा २६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५७ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ७ः३८ बजे र अस्ताउने समय साँझ ९ः५१ बजे रहेको छ । आज गौरी दिवस, विश्व मूर्ख दिवस अर्थात अप्रिलफूल मनाउने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। माया प्रेमको लागि रमाइलो छ । पराक्रम र उत्साह बढ्नेछ । अधिकारका लागि भने केही संघर्ष वा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ । व्यापारबाट प्रशस्तै फाइदा उठाउन सकिनेछ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ ।

वृष : आज पनि समय खराब छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । दिन मनोरञ्जनपूर्ण रहनेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । आजको दिनमा पनि सामाजिक दायित्व थपिने खालको दिन रहेको देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । अरूका काममा पनि समय व्यतित हुनेछ । व्यापार व्यवसाय मध्यम रहेको छ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला ।

मिथुन : आज पनि समय शुभ छैन । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । इष्टदेवको पूजा-उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिस्पर्धी परास्त होलान् । निर्णायक क्षमतामा कमी आउला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

कर्कट : आज पनि समय शुभ रहनेछ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्रतिस्पर्धी परास्त होलान् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । समय मध्यम खालको छ । व्यावसायिक यात्रा सम्भावना छ । ठूलाबडाले सहयोग गर्नेछन् ।

सिंह : आज पनि समय खराब रहेको छ । निर्णायक क्षमतामा कमी आउला । व्यावसायिक काममा खर्च बढ्नेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । माया प्रेमको लागि रमाइलो छ । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला ।

कन्या : आज समय अत्यन्तै शुभ छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक लाभ हुने नयाँ कामको थालनी हुनेछ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

तुला : आज पनि समय शुभ छैन । सोचेको समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । प्रेमको बन्धन कस्सिने बेला छ । आलोचनाको सिकार भइएला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रतिस्पर्धीको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । व्यापार व्यवसायमा समेत कम मात्र फाइदा हुनेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । सचेत हुनहोला ।

वृश्चिक : आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशी हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

धनु : आज पनि समय मध्यम छ । स्वास्थ्यमा सुधार होला । यात्राको लागि पनि एकदम राम्रो समय रहेको देखिन्छ । तपाईँका लागि एकदम राम्रो समय रहेको देखिन्छ । काममा उत्साह थपिनेछ । रचनात्मक काम शुरु गर्ने मौका छ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

मकर : आज पनि समय राम्रो रहने छैन । निर्णायक क्षमतामा कमी आउला । माया प्रेमको लागि रमाइलो छ । विगतका समस्या बल्झिन सक्छन् । उठ्न बाँकी धन उठ्न कठिन रहेको देखिन्छ । उपचारमा खर्च हुने योग छ । नराम्रो काम तिर भने मन जाने देखिन्न । मान–सम्मानमा आघात पर्ने देखिन्छ । सानातिना कामको झमेला आउन सक्छ । नतिजा थोरै मात्र तपाईको साथमा हुनेछ ।

कुम्भ : आज पनि दिन तथा समय खराब छ । आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

मीन : आज पनि समय शुभ छ । आर्थिक व्यय भए पनि वातावरण राम्रो बन्नेछ । समय मध्यम खालको छ । विगतका समस्या बल्झिन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । माया प्रेमको लागि रमाइलो छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । ठूलाबडाले सहयोग गर्नेछन् । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ ।

साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः५९ बजेदेखि ७ः३२ बजेसम्म रोग बेला
बिहान ७ः३२ बजेदेखि ९ः०४ बजेसम्म उद्धेग बेला
बिहान ९ः०४ बजेदेखि १०ः३६ बजेसम्म चर बेला
बिहान १०ः३६ बजेदेखि १२ः०९ बजेसम्म लाभ बेला
दिनमा १२ः०९ बजेदेखि १ः४१ बजेसम्म अमृत बेला
दिनमा १ः४१ बजेदेखि ३ः१३ बजेसम्म काल बेला
दिनमा ३ः१३ बजेदेखि ४ः४६ बजेसम्म शुभ बेला
दिनमा ४ः४६ बजेदेखि ६ः१८ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१८ बजेदेखि ७ः४६ बजेसम्म उद्धेग बेला
साँझ ७ः४६ बजेदेखि ९ः१३ बजेसम्म चर बेला
राति ९ः१३ बजेदेखि १०ः४१ बजेसम्म लाभ बेला
राति १०ः४१ बजेदेखि १२ः०८ बजेसम्म अमृत बेला
राति १२ः०८ बजेदेखि १ः३६ बजेसम्म काल बेला
राति १ः३६ बजेदेखि ३ः०३ बजेसम्म शुभ बेला
रातिमा ३ः०३ बजेदेखि ४ः३१ बजेसम्म रोग बेला
रातिमा ४ः३१ बजेदेखि ०५ः५९ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

आईपीएलमा मुम्बई इन्डियन्सको पहिलो जित

Next Post

नेपाल सुपर लिग : पोखरा चितवन एफसीसँग पराजित

Next Post

नेपाल सुपर लिग : पोखरा चितवन एफसीसँग पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन