पोखरा । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले जारी गरेका अध्यादेश पास भए पनि मूल विधेयकको रुपमा आउनुपर्ने कानून यथावत रहेको बताए ।
उनले संघीय निजामति विधेयक, शिक्षा विधेयक जस्ता महत्वपूर्ण कानून यथावत रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ ।
उनले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने बताए ।






