पोखरा । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताएका हुन् ।
उनले संविधान निर्माणका क्रममा हिन्दू राष्ट्र स्थापनाका लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए । उनले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दूराष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ ।
उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त, त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेका थिए, कसैले हिन्दू राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन, संसारभरि एउटा हिन्दूराष्ट्र भएको हेर्ने धेरैको रहर थियो, अहिले पनि ती अभिलेख र रायहरु हेरियोस् न, नेपालमा हिन्दू राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’
उनले नेपाल हिन्दूराष्ट्र बन्न आवश्यक रहेको बताए ।






