• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मातृशिशु मितेरी अस्पताल अब ५० शय्याको हुने

नीतिप्रेस by नीतिप्रेस
April 2, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालको क्षमता विस्तार गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्ने निर्णय गरेसँगै मातृशिशु मितेरी अस्पतालको पनि क्षमता बढ्ने भएको हो ।

हाल अस्पतालको क्षमता २५ शय्याको छ । मन्त्रिस्तरीय निर्णयसँगै अस्पतालको क्षमता दोब्बर अर्थात ५० शय्याको हुनेछ ।

अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको छ ।

नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो । अब स्तरोन्नतिको काम अघि बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तत्कालीन पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १०औँ वर्ष गाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो ।

अस्पताललाई नेपाल सरकारले २०७३ असोज २२ माजिल्लास्तरको २५ शय्याको सरकारी अस्पतालमा स्तरोन्नति गरेको थियो । साविकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको थियो ।

पोखरा उपमहानगरपालिका संरक्षक र कोमागाने नगर सह-संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ साल कार्तिक २३ बाट पोलिक्लिनिकको रुपमा सेवा सुरु गरेको थियो ।

जनस्तरबाट महायज्ञमार्फत शुरुआत गरिएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
यसैवर्ष पोखरा २६ स्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो ।

अन्य कुन-कुन अस्पतालको हुँदैछ क्षमता विस्तार ?

प्रदेशको मन्त्रिस्तरीय बैठकले मुस्ताङ र मनाङलाई १५ बाट २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिनेछ ।

यसैगरी बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट बढाएर एक सय शय्या र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय शय्यामा स्तरवृद्धि गरिनेछ ।

आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने गरी पूर्वाधार तयारीका लागि काममा जुटेको मन्त्री पाठकले बताए ।

एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गर्न लागिएको छ ।

प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० श्ययामा सञ्चालित छन् । प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको छ ।

स्थानीय तहअन्तर्गत दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ ।

यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपीपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो ।

स्थानीय तहले बुर्तिबाङ र आँपपीपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत ल्याई सञ्चालन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई सङ्घीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यी दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।

अस्पतालमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने मन्त्री पाठकले बताए । अहिले स्वीकृत शय्याको सङ्ख्या तीन सय ९५ रहेकामा स्तरोन्नति हुँदा सात सय पुग्नेछ ।

अस्पतालले अहिले नै आठसय बढी श्यया सञ्चालन गरिरहेकामा नयाँ प्रस्तावअनुसार स्तरोन्नति हुँदा २१ श्य्या सञ्चालनमा ल्याउन सकिन्छ ।

हाल अस्पतालको वार्षिक आम्दानी ६६ करोड रुपैयाँ रहेकामा स्तरोन्नतिसहित अस्पताललाई व्यवस्थित गर्न सकिएमा तीन गुणाले आम्दानी बढ्ने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयका अनुसार अस्पतालमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ ।

आठ सय बढी करार जनशक्तिसहित हाल ११ सय ३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेका मन्त्रालय जनाएको छ । अस्पताल स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कूल एक हजार दुई सय ४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अहिले कार्यरत अस्थायी र करार जनशक्तिको उचित व्यवस्थापन गरेर अस्पतालमा गुणस्तरीय सेवा दिन सकिने भन्दै मन्त्री पाठकले स्तरोन्नति गर्दा प्रदेश सरकारलाई धेरै ठूलो व्ययभार नपर्ने उनको भनाइ छ ।

Previous Post

‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयो’

Next Post

जापानमा गयो शक्तिशाली भूकम्प

Next Post

जापानमा गयो शक्तिशाली भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन