पोखरा । बुधबार साँझ जापानको क्युशु क्षेत्रमा छ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प ३० किलोमिटर गहिराइमा गएको थियो बताइएको छ ।
हताहत वा उल्लेखनीय क्षतिको कुनै तत्काल रिपोर्ट आएको छैन । अधिकारीहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएका छन् ।
मंगलबार राति पनि जापानको क्युशु टापुमा भूकम्प गएको थियो । यसको एक दिनपछि बुधबार साँझ शक्तिशाली भूकम्प गएको हो ।






