पोखरा । मकवानपुरको बागमती गाउँपालिका(८ स्थित भुवनचुलि देउडी भञ्जाङबाट लडेर बुधबार एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा हेटाैँडा उपमहानगरपालिका वडा नं १६ चिसापानी निवासी ३८ वर्षीय मिलन दङ्गाल छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुुसार देउडी भञ्ज्याङबाट करिब ५० मिटर मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा लडेर मिलनको मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको र घटना शङ्कास्पद देखिएकाले सोधपुछ तथा अनुसन्धानको लागि सात जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको डीएसपी अर्यालले बताए ।






