पोखरा । पोखरामा तपक्रम बढ्दै गएको छ । आज बिहान १० बजे पोखराको तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
यो तापक्रम बढेर ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । पोखरामा आज सापेक्षित आद्रता २४ प्रतिशत रहेको छ ।
यता हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौैसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी, कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।






