• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ग्लोवल बालबाटिका मन्टेश्वरीका ९० विद्यार्थी दीक्षित

नीतिप्रेस by नीतिप्रेस
April 4, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोवल बालवाटिका मन्टेश्वरी प्रिस्कुलले युकेजीका ९० जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

मन्टेश्वरीले नवौं दिक्षान्त समारोह आयोजना गरी विद्यार्थीलाई दीक्षित गरेको हो । समारोहमा युकेजी सन, मुन र स्टारका ३०-३०-३० जनाको सहभागिता थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीले दिक्षान्त कार्यक्रमले बालबालिकाको मनोबल उच्च हुने बताए ।

स्थानीय तह शिक्षा नियमावली अनुसारका मापदण्ड ग्लोवलले पूरा गरेर सञ्चालन गरेको बताउँदै उनले हरेक वर्ष विद्यार्थीको चाप बढ्दै गएको आफूले जानकारी पाएको भण्डारीले बताए ।

बालबालिका बिहान १० देखि ४ बजेसम्म विद्यालयमा रहँदा पढ्न सिकाउने, गुरुहरुको आज्ञा पालना गर्न सिकाउने भए पनि अन्य समय परिवारसँगै हुने भएकोले राम्रा नराम्रा गुण परिवारबाट बालबालिकामा प्रभाव पर्ने भएकोले अभिभावकले पनि विशेष ध्यान दिनुपर्ने उनले बताए।

पछिल्लो समय प्राविधिक ज्ञान र रचनात्मक सीपसँग बालबालिका प्रत्यक्ष जोडिने भएको हुँदा शिक्षकले व्यक्तिगत दक्षतालाई पनि बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।

ग्लोबल कलेजियट स्कुलका प्रशासनिक उपप्रचार्य तथा ग्लोबल बालबाटिकाका संस्थापक तथा कार्यक्रमका अध्यक्ष पदमराज ढकालले विद्यालयमा हुने क्रियाकलापमा आवश्यक सामगी शिक्षक, कर्मचारी आफैले विद्यालयमा नै उत्पादन गर्नुका साथै विद्यार्थी समेत समावेश गराइएको बताए ।

मन्टेश्वरीका प्राचार्य बविता पालिखेले विगतदेखि हालसम्म विद्यालयले गरेका गतिविधि प्रस्तुत गरेकी थिइन् ।

पालिखेले विद्यार्थी काँचो माटो भएको र उनीहरुको सर्वाङ्गीण विकासमा ग्लोवलले अहम भूमिका निर्वाह गर्ने बताइन् ।

बालबालिकाहरु जन्मजात नै विशेष क्षमता बोकेर आउने उनले जानकारी गराइन् । “विभिन्न क्षमता भएका विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न मुल उद्देश्यका साथ अघि बढेको हुँदा अभिभावकको रोजाइ ग्लोबल बनेको छ’, उनले भनिन् ।

अभिभावक इन्जिनियर प्रविण नेपालीले ग्लोवलसँग १६ वर्षको अनुभव भएको बताए । उनले ग्लोवलले विद्यार्थीको सर्वाङ्गीण विकासमा राम्रोसँग ध्यान दिंदै आएको अनुभूति भएको सुनाए ।

अर्का अभिभावक ज्योति परियारले दिक्षान्त कार्यक्रमलेबाट बालवालिकाले महत्वपूर्ण शिक्षा हासिल गर्ने बताइन् ।

कार्यक्रममा बालबालिका विभिन्न मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए ।

साथै बालबालिका प्रस्तुत गरेको तितो सत्य लघु नाटक सहभागीले निकै चासोपूर्वक अवलोकन गरेका थिए ।

कार्यक्रमको सञ्चालन मण्टेश्वरीका शिक्षक वसन्ती बस्नेत, लालमाया गुरूङ, जेनीता राइले गरेकी थिइन् भने प्राचार्य बबिता पालिखेले स्वागत गरेकी थिइन् ।

Previous Post

पटाका गोदाममा विस्फोट, मृत्यु हुनेको संख्या २१ पुग्याे

Next Post

मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत

Next Post

मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन