• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत

नीतिप्रेस by नीतिप्रेस
April 4, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गरे । उनले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताए ।

उनले सत्तामा रहे पनि वा नरहे पनि नेपाली कांग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताए ।

सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गरे । उनले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए ।

सांसद महतले भने, ‘मेहनतबाट नै देश निर्माण हुन्छ । पोल्टिकल तहमा पनि मेहनतको थप खाँचो छ । अनेस्टीको थप खाँचो छ । गैरसरकारी क्षेत्र, जुन निजी क्षेत्र छ, त्यहाँ पनि हार्ड वर्किङ र अनेस्टीको खाँचो छ । जहाँ हामी काम गर्छौं त्यो मेरो काम हो भनेर गर्नुपर्छ । हार्ड वर्क पनि गरौँ, अधिकारको बारेमा पनि खबरदारी गरौँ । नेपाली काँग्रेस पार्टी जायज कुरलाई जायज भन्छ, सत्ता बाहिर भए पनि र सत्ताभित्र भए पनि । बोल्नुपर्ने कुरामा बोल्छ । अब जुन कुरा लाग्छ, त्यसमा विचार गर्नुपर्छ पनि भन्छ । हामी जिम्मेवार पार्टी हौँ । नयाँ पुराना जसको कुरा गर्नुस् । नेपाली काँग्रेसको अनुभव, प्रतिवद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरुले अधिकारको रक्षा गर्न सक्दैनन् । कमी, कमजोरी हुन्छन् । तर डेमोक्रेसीमा जनताले खबरदारी गर्दछन् । खबरदारी सुनेन भने पराजित हुनुपर्छ । त्यही नै डेमोक्रेसीको सुन्दरता हो ।’

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद महतले वित्तीय संस्थासम्बन्धी जोडिएका विषयमा पनि गम्भीरताका साथ हेरिरहेको बताए ।

वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गरे । जनताको महत्वकांक्षाअनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताए ।

Previous Post

ग्लोवल बालबाटिका मन्टेश्वरीका ९० विद्यार्थी दीक्षित

Next Post

दक्षिण कोरियाका राष्ट्रपति पदमुक्त

Next Post

दक्षिण कोरियाका राष्ट्रपति पदमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन