• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शान्ति निकेतन स्कुलमा पूर्वआधारभूत तहका विद्यार्थी दीक्षित

नीतिप्रेस by नीतिप्रेस
April 5, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा-५ प्रस्याङस्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।

यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ ।

पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे ।

भण्डारीले पोखरा महानगरका २ सय ७५ विद्यालयमध्ये यस विद्यालय नतिजाका आधारमा उत्कृष्ट १० भित्र रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार निर्माणसँगै उत्कृष्टतालाई निरन्तरता दिई सर्वोत्कृष्ट बन्न उनले शुभकामना दिए ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेको जनाए ।

डा. पराजुलीले झण्डै १४ करोड लगानीमा नयाँ भवन निर्माण कार्य सुरु भएको जनाउँदै विद्यालयको लगानी बढेपनि हाललाई शुल्क नबढाइने स्पष्ट पारे ।

संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुत्र्यालले प्राचार्य र शिक्षकको लगाव र विद्यार्थीको मेहनतले हासिल गरेको विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको बताए ।

धर्मस्थली आधारभूत विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्माले शान्ति निकेतन स्कुल पोखराकै गौरवलायक शैक्षिक संस्था रहेको बताइन् ।

विद्यालयका सहप्राचार्य यदुविलास भुत्र्यालले स्वागत तथा विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यालयमा सर्वोत्कृष्ट विद्यार्थीहरू नोरा गुरूङ र प्रसिद्धि बरालसँगै वर्षभर एक दिन पनि अनुपस्थित नभई शतप्रतिशत हाजिर हुने शिक्षक भुवानीप्रसाद अधिकारी र शिक्षिका जमुना भुजेललाई पनि सम्मान गरिएको थियो ।

Previous Post

पिसिएममा शिक्षण र सिकाइ चुनौती र रणनीति विषयक कार्यशाला

Next Post

पोखरामा गुञ्जिए पुरुषोत्तम

Next Post

पोखरामा गुञ्जिए पुरुषोत्तम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन