अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जीपचालक मालारानी गाउँपालिका वडा नं ४ का २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजाल छन् ।
दुर्घटनामा मालारानी-४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ ।
प्रहरीका अनुसार मालारानी गाउँपालिका वडा नं ३ लुटिपोखरी-खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई दुर्घटना भएको हो ।
जीप सडकबाट झन्डै दुइ सय मिटर तल खसेको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।






