पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलमा एक हजार नौ सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ शुक्रबार तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँ रहेको थियो ।
आज पोखरामा सुनको भाउ तोलाको एक लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज असली चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ शुक्रबार तोलाको एक हजार आठ सय ७० रुपैयाँ रहेको थियो ।
आज पोखरामा चाँदीको भाउ तोलाको एक हजार आठ सय ३० रुपैयाँम कायम भएको छ ।






