• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ल्वाङमा ३१औँ चैते दशैँ मेला शुरु

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in गण्डकी प्रदेश, समाचार
0
ल्वाङमा ३१औँ चैते दशैँ मेला शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१औँ चैते दशैं मेला सुरु भएको छ ।

‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रीनहिल क्लबद्वारा आयोजित मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

कार्यक्रममा उनले चिया खेतीका कारण मिनी इलामका रुपमा परिचित ल्वाङ गाउँ आफैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।

युवा सक्रियतामा विगत लामो समयदेखि चैते दशैँ मेला आयोजना गरिँदै आइएको उल्लेख गर्दै आम युवा माँझ सकारात्मक सोचको अभिबृद्धि वर्तमानको आवश्यकता भएको बताए ।

हाम्रो अपेक्षा विद्यमान सीमित स्रोत साधन भन्दा बढी भएका कारण सबै समस्या एकैपटक समाधान हुन सम्भव नभएको भन्दै उनले समयसँगै समस्या क्रमशः समाधान हुँदै जाने बताए ।

देशमा केही भएन भन्ने भन्दा पनि भइरहेका काम हेरेर हामी स्वयं सकारात्मक बन्न जरुरी रहेको र युवामा सकारात्मक सोच निर्माण गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

पर्यटकीय गन्तव्यको रमणीय ल्वाङ गाउँ आन्तरिक साथै वाह्य पर्यटकको गन्तब्य भएको उनले उल्लेख गरे ।

यस क्षेत्रका पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने मन्त्री केसीको भनाइ छ ।

पर्यटकीय गाउँहरू धम्पुस र ल्वांगलाई मितेरी सम्बन्ध लगाउन चालु आ.ब.मा घट्टेखोला धम्पुस सडकको ठेक्का व्यवस्थापन भएर सम्झौता भइसकेको जानकारी दिँदै उनले अब छिट्टै नै घट्टेखोला धम्पुस सडकमा निर्माण व्यवसायीले कार्य आरम्भ गर्ने र यी दुई गाउँको भगिनी सम्बन्ध स्थापित बन्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुुरुङले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए ।

सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने गरी विधेयक अघि बढाएको बताउँदै उनले आगामी दिनमा घरेलु मदिरा कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ लाग्न पनि सुझाए ।

ग्रीनहिल क्लब अध्यक्ष सुजन गुरुङले गाउँको पर्यटन प्रवर्न एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिए ।

उक्त अवसरमा ल्वाङ गाउँमा प्राचीन कालदेखि सञ्चालन हुँदै आएको कटुवाल प्रथालाई निरन्तरता दिन आफ्नो जीवनको ५५ वर्ष समय योगदान गरेका ज्येष्ठ नागरिक हस्तबहादुर परियारलाई क्लबका तर्फबाट दोसल्ला र सम्मापत्र प्रदान गर्दै मन्त्री केसीले सम्मान गरेका थिए ।

उक्त अवसरमा सडक निर्माणका क्रममा आवश्यक जग्गा दान गर्ने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, ल्वाङ समिति अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वांगका प्रमुख लेखनाथ गौतमलगायतले बोलेका थिए ।

आगामी चैत २७ गतेसम्म चल्ने मेलामा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितालगायत विभिन्न सांकृतिक कार्यक्रम हुने जनाइएको छ ।

Previous Post

हिमपहिरोमा हराएका चिनियाँ नागरिक १२ दिनपछि मृत फेला

Next Post

पोखरामा तेस्रो एबीसी भेट्रान्स फुटवल आजदेखि

Next Post
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरामा तेस्रो एबीसी भेट्रान्स फुटवल आजदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन