• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारप्रति गगनको आक्रोश र देउवाको नजरअन्दाज

नीतिप्रेस by नीतिप्रेस
April 15, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सरकार बनेको ९ महिना पुग्न लाग्दा पनि सरकारको कार्यसम्पादनप्रति साझेदार दल नै असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेसका महामन्त्रीदेखि अन्य नेताहरु निरन्तर सरकारको बिरोधमा उत्रिँदा सभापति देउवा भने मौन हुनुहुन्छ । महामन्त्री गगनकुमार थापा सरकारप्रति आक्रोशित बनेपनि उहाँको आक्रोश अर्थपूर्ण बन्न सकेको छैन । सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य थापाको आक्रोशलाई सभापति देउवाले नजरअन्दाज गरिरहनुभएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यमा सरकार बनेको ९ महिना पुग्न लागेको छ । संसदका दुई ठूला दलले संविधान संशोधन लगायतका मुख्य ७ वटा बुँदा सहमति जनाएर सरकार निर्माण गरेपनि सरकारको कामप्रति नेपाली काँग्रेस खुशी छैन । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको नेतृत्वको सरकारका मन्त्रीहरुको कार्यसम्पादनप्रति महामन्त्री थापाले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आउनुभएको छ । मंगलवार काठमाडौं आयोजित एक कार्यक्रममा पनि उहाँले सरकारको आलोचना गर्न छोड्नुभएन । उहाँले सरकारले नागरिकका अपेक्षाहरु पूरा गर्न गति लिन नसकेको आरोप लगाउनु भयो । दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।


महामन्त्री थापा यतिमा मात्रै रोकिनुभएन । उहाँले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको समेत आरोप लगाउनु भयो । निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको जिकिर गर्नुभयो । उहाँले विचौलियाका कारण अहिलेको अर्थतन्त्रमा समस्या आएको आरोप समेत लगाउनु भयो ।


महामन्त्री थापाले केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गर्नुभएको थियो । सरकारले राम्रो काम गरोस् भनेर आफूहरुले सहयोग गरिरहेको बताउँदै उहाँले “बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ” भन्दै आलोचना समेत गर्नुभएको थियो । 


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने कुरा होस् वा प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रमको उद्घाटन मोह होस्, त्योप्रति काँग्रेस महामन्त्री थापालाई पटक्कै रुचेको छैन । राजधानीमा शिक्षकहरुले विभिन्न माग राख्दै जारी राखेको आन्दोलनलाई रोक्न र उनीहरुका माग सम्बोधन गर्न सरकारले कुनै नदेखाउँदा उहाँ झनै असन्तुष्ट बन्नुभएको छ ।
थापा नेपाली राजनीतिमा आशा गरिएका व्यक्ति हुनुहुन्छ । उहाँमा काम गर्ने हुटहुटी छ । तर पार्टीमा सभापति शेरबहादुर देउवा हाबी हुँदा थापाले गर्न चाहेर पनि काम गर्ने अवसर मिलेको छैन । आफ्नो काम गर्ने हुटहुटी र सरकारको सुस्त कार्यसम्पादनले वाक्क हुनुभएका थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताउँदै आउनुभएको छ । केही महिनाअघि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताउनुभएको थियो । उहाँले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने भन्दै आफू भित्रको हुटहुटीलाई प्रष्ट पार्नुभएको थियो । अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण पार्टीको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै अबको दशक खेर फाल्न नहुने उहाँले जिकिर गर्नुभएको थियो ।


सरकारमै रहेर पनि कामप्रति असन्तुष्टी जनाउँदै आउनुभएका थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने समेत बताउँदै आउनुभएको छ । आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उहाँको धारणा छ । २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताउनु हुन्छ । नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने थापाले तर्क राख्दै आउनुभएको छ ।


त्यसो त, थापालाई सरकारले राम्रो काम गरोस् भन्ने चाहना छ । उहाँले कतिपय सरकारका कामको चौतर्फी विरोध हुँदा समेत खुलेर सरकारको प्रतिरक्षामा लाग्नुहुन्छ ।
पार्टी सभापति देउवा नै सरकारको कामबाट खुशी देखिँदा थापाको असन्तुष्टी र आक्रोश केबल भाषणमा मात्रै सिमित बन्ने गरेको छ । सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको भन्दै सरकारलाई दरिलो साथ दिनुभएको छ । महामन्त्री थापालगायतका पार्टीकै नेताहरुको असन्तुष्टीका बीच सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको भन्दै सरकारलाई ढाडस दिँदै आउनुभएको छ ।


सरकारका कामहरु पनि सभापति देउवा सन्तुष्ट रहँदा महामन्त्री थापा र अन्य नेताहरुको आलोचनाले प्रधानमन्त्री ओली र उहाँको नेतृत्वका सरकारका मन्त्रीहरुलाई केही फरक पारेको छैन । मुलुकमा बढ्दो बेरोजगारी र युवाहरु विदेश पलायन हुनबाट रोक्न, कोरोनापछि अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न र विकासको गतिलाई तिब्रता दिन सरकारले जाँगर नचलाएपछि महामन्त्री थापा आक्रोश बन्नुभएको हो ।

Previous Post

विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड

Next Post

शिक्षक आन्दोलनः सरकारले झुक्यायो, अब सडकले निष्कर्ष निकाल्छ

Next Post

शिक्षक आन्दोलनः सरकारले झुक्यायो, अब सडकले निष्कर्ष निकाल्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन