• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैनः गृहमन्त्री

नीतिप्रेस by नीतिप्रेस
April 18, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैनः गृहमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताउनुभएको छ ।


शुक्रवार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताउनुभएको हो । उहाँले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने बताउनु भयो । उहाँले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराउनु भयो । उहाँले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताउनु भयो । यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकार बदल्न पाइन्छ । पाँच पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ । तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइदैन भत्काउन पाइँदैन फाल्न पाइँदैन । लोकतन्त्र भित्र बसेर आफ्ना सबै गतिविधि गर्न पाइन्छ । शान्तिपूर्वक भेला हुने, प्रदर्शन गर्ने, ध्यानाकर्षण गराउने, विरोध गर्ने, आलोचना गर्ने सबैकुरा हुन्छ । तर विध्वंसात्मक कार्य गर्ने हत्याहिंसालाई प्रश्रय दिने, जोरजबरजस्ती गर्ने र त्यसकामार्फत संविधान फाल्छु र देशलाई अस्थिरतातफै लैजान्छु भन्न पाइँदैन । यसका बारेमा सबै सचेत हुनु जरुरी छ, यो हाम्रो जिम्मेबारी हो ।’


गृहमन्त्री लेखकले सेवाग्राहीलाई सम्बन्धित निकायले सेवा दिँदा समस्या खडा गर्न नहुनेतर्फ सचेत गराउनु भयो । उहाँले सेवाग्राहीको आवश्यक कागजात भएको नभएको शुरुमै जाँच प्रक्रिया गरेर सेवा दिनुपर्ने बताउनु भयो । कर्मचारीले सेवा प्रदान गर्दा झन्झट नमानी असल व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कुनै मानिस नागरिकता बनाउन आएको छ भने नागकिरताका लागि आवश्यक कागजात छ  कि छैन ढोकामै हेर्नुस् । यदि कुनै कागजात कम परेको छ भने यो कुरा तपाईको कम प¥यो यसरी बनाएर ल्याउनुहोस् भनेर सिकाएर पठाउनुस् । एक फन्को कार्यालयमा घुमी सकेपछि बिहान १० बजे आएको मान्छे बेलुका ५ बजे तपाईको छ वडाको सिफारिस छैन भन्न पाइँदैन । चाहिने जति कागज ढोकामै हेर्नुस कागज पुगेको छ भने भित्र पठाउनुस् प्रक्रिया शुरु गुर्नस् साँभसम्म सेवा दिएर घर पठाउनुस् । त्यो पनि रोलक्रम अनुसार टोकन पद्धतिमा । सेवा दिँदा झन्झट नमानी, अप्ठ्यारो नमानीकन दिनुस् । सेवा प्रदान गरिने कुरा भनेको तपाईले हाँसेर खुशी भएर व्यवहार गर्नुभयो भने  पनि उस्को आधा समस्या समाधान हुन्छ ।


गृहमन्त्री लेखकले मुलुकमा स्थिर सरकारको सुनिश्चिता गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धि वर्तमान सरकारको लक्ष्य भएको बताउनु भयो ।

Previous Post

संघीय निजामती विधेयकः अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’को अवधिमा सहमति जुटाउन सकस

Next Post

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने

Next Post
गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन