• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु

नीतिप्रेस by नीतिप्रेस
April 24, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पहिचानवादीहरुले भनेः स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण हुनुपर्छ
पाथिभरा (मुकुम्लुङ) मा केबलकार निर्माण गर्नु हुँदैन भनेर आवाज उठाइरहेका ‘पहिचानका लागि युवा’ संस्थाले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार हुनुपर्ने बताएको छ ।


बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरु विकास बिरोधी नरहेको भन्दै समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताउनु भयो । उहाँले आन्दोलनरत समूहहरुसँग सरकारले वार्ता नगरी पेल्ने काम गरिरहेको गुनासो गर्नुभयो । उहाँले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि सरकारले बेवास्ता गरेको बताउनु भयो । समस्या समाधानका लागि ध्यानाकर्षण होस् भनेर काठमाडौंमा पत्रकार सम्मेलन गरिएको बताउनु भयो । आन्दोलनरत समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरे वार्ता र संवादबाटै समस्याको समाधान निस्किने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘वार्ताको लागि अगाडि आन्दोलनमा त अलग अलग समूह पनि हुन्छन्, धेरै संघसंस्था मिलेर गरेको हो । त्यसमा अगाडि केही वार्ताहरु भएका छन् । तर सार्थक वार्ता हुन सकेन । त्यसले निकास दिन सकेन मलाई थाहा भएसम्म त्यहाँ पनि सरकारले वा सरकारी पक्षले पेल्ने काम मात्रै गरिराछ । तर यो चाहिँ के हो भने जनस्तरमा भइरहेका वास्तविक समस्या के हो त ? भनेर बुझ्नेसम्म वार्ता हुन सकेन । अब जनस्तरबाटै के गर्न सकिन्छ, समाधान कसरी गर्न सकिन्छ ? केवलकार निर्माण बन्द गर्नुमात्रै समाधान हो कि त ? या अरु हिसाबले गर्न सकिन्छ त ? भन्ने हिसावले छलफल नै नगरीकन आको हुनाले हामीले जनस्तरबाट वार्ता संवाद गर्नुप¥यो भने  हामी तयार छौँ गर्नु पनि पर्छ ।  होइन यसरी पेलेरै जाने हो भने प्रतिरोधमै उत्रिन्छौँ । हामी खुल्ला ढंगले संवाद पनि गर्नसक्छौँ, गर्नुपनि पर्छ ।  त्यसको पहल पनि गर्नुपर्छ । र यसको निकासका लागि कोही लागि पर्नुभएको छ भने ध्यानाकर्षण पनि होला । त्यसपछाडि संवाद मजाले हुन सक्ला भन्ने ध्ययले पनि गरिएको हो । हिजो जति भयो जसरी भयो अब वास्तवै समस्या समाधान गर्न थप संवाद र वार्ता गर्ने वातावरण बन्ला भन्ने हामीले अपेक्षा गरेका छौँ । आउनुस् वार्ता गरौँ पनि भन्नुभएको छैन, दुःख लाग्दो कुरो चाहीँ उहाँहरु पेलेरै जाने शुरमा देखिन्छ । उहाँहरुको जुन भुमिका छ यसको हामी विरोध गर्छौँ । तिमीहरुको समस्या के हो भनेर आन्दोलनमा हुने सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नु भयो भने समाधान त अवश्य छलफल र वार्ता संवादबाटै निस्कन्छ नि त ।’


लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको अस्तित्व र पहिचानसँग जोडिएको धरोहर भएकाले केवलकार निर्माण गर्दा पहिचान नगुम्ने ग्यारेन्टी हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो माग सम्बोधनका लागि विगत सात वर्षदेखि विभिन्न आन्दोलनमार्फत ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको बताउनु भयो । विश्वका जुनसुकै युद्ध, क्रान्त्रि वा राजनीतिक आन्दोलन वार्ता र सम्बादबाटै समस्या समाधान भएको भन्दै उहाँले केवलकार निर्माणको विषय पनि सम्बादबाटै हल हुने बताउनु भयो । विकासको मोडलबारे स्थानीयस्तरमा छलफल र बहस हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक पद्दतीको माध्यमबाट, पत्रकार साथीहरुको माध्यमबाट हाम्रो आवाज र मागहरुलाई राज्यलाई सुनाउनका निम्ति विगत सात वर्षदेखि हामी निरन्तर आन्दोलनमा छौँ । तर पनि हाम्रो आवाजहरु राज्य सत्ताले सुनिरहेको छैन । यो अवस्थामा लोकतान्त्रिक पद्दतिबाट हाम्रो अधिकार स्थापित हुँदैन भने स्वभाविक रुपमा मान्छेले विकल्पहरु खोज्छन्, आन्दोलनको स्वरुपहरु परिवर्तन हुन्छन् । मुकुम्लुङ आन्दोलन विगत सात वर्षदेखि भइरहेको छ । जुनसुकै समस्याको समाधान पनि राउण्ड टेबल मिटिङबाट डाइलगबाट वार्ता र संवादबाटै भएको छ इतिहासमा । चाहे त्यो पहिलो विश्वयुद्ध होस्, दोस्रो विश्वयुद्ध होस् वा नेपालमा चलेका सशस्त्र क्रान्ति होस् । सात सालको क्रान्ति होस् १७ सालको होस् या ४६ सालको होस्  सबै मुद्दाहरु वार्ता र सम्बादबाटै भएको छ  र हामी चाहन्छौँ हामी विकास विरोधी होइनौँ । विकास हुनुपर्छ तर नेपालको विकासको मोडालिटी कस्तो हुनुपर्छ भनेर छलफल र बहस गर्नुपर्छ भन्ने जोडदार माग पनि गछौँ ।’


पहिचानका लागि युवाका केन्द्रिय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचानसँग जोडिएका सभ्यताको अस्तित्व रक्षाका लागि राज्यसँग लडाईं भइरहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले दिएको अधिकार सदुपयोग गरी आफूहरु जनताको भावना जोडिएको संस्कृति रक्षाका लागि आन्दोलन गरेको बताउनु भयो ।  
उहाँले भन्नुभयो, ‘हाम्रो ऐतिहासिक अस्तित्वसँग जोडिएका हाम्रो सम्यताको लडाईंभित्र भइरहेको राज्य दमनप्रति त्यहाँभित्र रहेका रैथाने आदिवासीलगायत सरोकारवाला जनताहरुको भावनासँग जोडिएको आन्दोलनलाई राज्यसत्ताबाट धेरैचोटी बर्बरतापूर्वक दमन हुँदै आएको र पछिल्लो समय नौकोशी हुँदै मुकुम्लुङसम्म आउँदाखेरि त्यहाँका आदिम जातीहरुले आफ्नो अस्तित्व रक्षाका निम्ति आफ्नो मुम्दुनिक सभ्यताका निम्ति सात वर्षदेखि राज्यसँग निरन्तर आन्दोलन गर्दै आउनु अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र २०७२ को संविधानले अपनत्व गरेको बहुसंस्कृति, बहुभाषिक आफ्नो अधिकार सुनिश्चित गर्दै राष्ट्रनिर्माणको सँगसँगै समृद्ध राष्ट्रको परिकल्पना गरेको जुन धाराहरुलाई टेक्दै हामी पूर्वको आन्दोलनको निरन्तर जगमा त्यहाँका विज्ञ वुद्धिजीवि लगायतले आफ्नो अस्तित्व रक्षाका लागि पहिचान रक्षाका निम्ति संघीय लोकतान्त्रि गणतन्त्रलाई टेकेर सभ्यता रक्षाका निम्ति आफू मजबुत रहनका लागि पहिचानका लागि युवा गठन गरेको  थियो ।’


संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण गर्नुपर्ने जनाएको छ । राज्यले दमन कायम जारी राख्ने तथा केवलकार निर्माण कम्पनीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने हो भने आन्दोलनलाई तेस्रो जनआन्दोलनको रुपमा अघि बढाइने चेतावनी दिएको छ ।

Previous Post

परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत

Next Post

काँग्रेस महामन्त्री थापाको आरोपः संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छ

Next Post

काँग्रेस महामन्त्री थापाको आरोपः संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन