• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमै निर्णय गर्नसक्ने सामर्थ्य आवश्यकः महासचिव चन्द

नीतिप्रेस by नीतिप्रेस
April 27, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यकता रहेको बताउनुभएको छ । 


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शासक बन्न चाहने मनोवृत्ति सबैमा रहेपनि नागरिकलाई कसरी सुख र शान्ति दिने भन्नेकुराको योजना नरहेको बताउनु भयो । उहाँले अहिले पनि थाइल्याण्डमा सरकारको बारेमा कुरा हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले अस्थिरता छ भन्ने सबैलाई लागेको तर स्थरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न नसकेको बताउनु भयो । उहाँले नेपालमै निर्णय गर्नसक्ने र नेपालको व्यवस्थाको बारेमा निर्णय लिनसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी रहेको बताउनु भयो । नेपाली समाज अन्तरघुलित समाज भएको भन्दै नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बहुदलमा पनि विदेशीकै नक्कल, संविधान लेख्न पनि विदेशीकै नक्कल गरिएको बताउनु भयो । नेपालका नागरिक सुन्नमात्रै विवश हुनुपरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपाली समाज हाम्रो गाउँ घरमा बस्दा अन्तरघुलित समाज हो । त्यहाँ जाति, जनजाति छ, श्रमीक छ । मधेस छ, पहाड छ । यि सबै चिजको फरक छ । शिष्टता, भावनात्मकता । सामुहिकता फरक छन् । नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न सकिरहेको छैन । केन्द्रिकृत सिस्टमको अवधारणा विकास गर्न सकिरहेको छैन । बहुदल भन्यो भने पनि विदेशीकै नक्कल । हाम्रो संविधान लेख्नुप¥यो भने पनि हाम्रो अगाडि ब्रिटेन, भारतको संविधान राख्ने, अरु अरुको संविधान राख्ने । तिनै बुँदाहरु सार्ने, अनि लाद्ने । नेपाली समाजको लोकतन्त्र यही हो । बोल्न पाइन्छ, लेख्न पाइन्छ, यसो गर्न पाइन्छ, उसो गर्न पाइन्छ, यस्तो टाइपको छ । समाजवाद भन्यो भनेपनि रसियाको लेनिनको पालाको दस्ताबेज उल्ट्याउने, माओको उल्ट्याउने, त्यही ट्याप ट्याप टिप्ने सार्ने आफ्नो अलिकति राख्ने अनि देखाउने । यसले नेपालमा केन्द्रिकृत बन्न सकिरहेको छैन । १ सय २० वटा पार्टी दर्ता छन् अहिले । सबैले आफूलाई नै ठिक भन्छन् । कसैले कसैलाई सपोर्ट गर्दैनन् । अस्थिरता छ भन्ने छ तर स्थिरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न सकिरहेको छैन । शासक बन्न चाहने मनोवृत्ति सबैमा रहने, तर त्यसले आफ्नो अवधारणा सुव्यवस्थित गर्न नसक्ने हुँदा अलग थलग परिरहेको छ । नेपालमै निर्णय गर्नसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी छ । यहाँको सिस्टमको बारेमा निर्णय लिने । अधिकृत भन्दा माथि जाँदा दुतावास धाउने स्थिति आउन थालिसक्यो । प्रहरी वा आर्मीमा त के छ सबैतिर एउटा निश्चित पोस्ट भन्दा माथि जाँदा विदेशीका घर घर धाउनुपर्ने स्थिति निर्माण नेपालमा भएको छ । राष्ट्र निर्माणको आधार नै छैन । सरकारको कुरा थाइल्याण्डमा हुने भनेपछि यस्तो लज्जास्पद कुरा के हो । नेपालमा नागरिक सुन्न मात्रै विवश भए । नयाँ बहसको आवश्यकता छ ।’


महासचिव चन्दले अर्काको टेको बिना बाँच्नै सकिँदैन भन्नेकुरा गलत रहेको बताउनु भयो । उहाँले नेताहरुले यस्तो मनस्थिति हटाउनुपर्ने बताउनु भयो । उहाँले संघीयता मात्रै भनेर नहुने भन्दै एकीकृत राष्ट्रियता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको अवस्था खेतमा मुसाले प्वाल नै प्वाल पारेको जस्तो देखिएको बताउनु भयो । उहाँले नेपालमा संस्कृति नै मासिँदै गएको उल्लेख गर्नुभयो । बालुवाटार र सिंहदरबारमा नभइ जनताको झुपडीमा बसेर देशको नेतृत्व गर्ने चाहना आफ्नो रहेको बताउनु भयो ।

Previous Post

व्यवस्था र संविधानविरुद्धका गतिविधिहरूलाई नजिकबाट नियालिरहेका छौँः अध्यक्ष दाहाल

Next Post

नेतृत्वमाथि हमला गर्ने क्रम जारी छः अध्यक्ष ओली

Next Post

नेतृत्वमाथि हमला गर्ने क्रम जारी छः अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन