• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन् : प्रदेश प्रमुख भट्ट

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा अहिलेको पुस्ता उदासिन भएको उनको गुनासो छ ।

ब्रह्मचर्या आश्रम समितिद्वारा सञ्चालित महर्षि गुरुकुल वेद विद्याश्रम परिसरमा नवनिर्मित शिव पाञ्चायन मन्दिर एवं यज्ञशाला, गायत्री मन्दिर प्राण प्रतिष्ठा तथा शिव महिमाले भरिपूर्ण श्री लिङ्ग महापुराण ज्ञान यज्ञमा प्रमुख अतिथि भट्टले यस्तो बताएका हुन् ।

उनले भने, ‘गुरुकुल आशाका केन्द्र हुुन् । भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन् । मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्। यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’

आजको शिक्षामा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने खाँचो उनले औंल्याए ।

‘गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र पनि हो, गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षा नीतिसँग जोड्न अनिवार्य छ’, उनले भने, ‘पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति छ । जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको छ ।’

पञ्चदिवसीय कार्यक्रममा कलश यात्रासहित देव रथयात्रा, ज्ञान यज्ञ एवं मन्दिर प्राण प्रतिष्ठा शुभारम्भ, महाआराती, पूर्णाहुती, दानदाता सम्मान लगायत कार्यक्रम भइरहेको छ ।

Previous Post

शिक्षक र सरकारबीचको सहमतिमा कर्मचारी परिषद्को बिरोध

Next Post

कलात्मक चित्रमार्फत पोखरालाई आकर्षक बनाउँछ : मेयर आचार्य

Next Post

कलात्मक चित्रमार्फत पोखरालाई आकर्षक बनाउँछ : मेयर आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन